१० प्रतिशत मूल्य घटाएर २२ वटा च्याङ्ग्रा बिक्री
काठमाडौँ । कुकुरको आक्रमणबाट जोगिएका बाँकी च्याङ्ग्रा बिक्री भएका छन् । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालयले बाँकी २२ वटा च्याङ्ग्रा बिक्री गरेको हो ।
कम्पनीको खोरमा पर्वका लागि ल्याएका ४७ वटा च्याङ्ग्रामा राखिएका थिए । तीमध्ये २५ वटा च्याङ्ग्रा कुकुरको आक्रमणबाट मरेपछि बाँकी २२ वटालाई कम्पनीले बिक्री गरेको कम्पनीकी प्रमुख ज्ञानु थापाले बताइन् । घाइते भएका च्याङ्ग्रामा रेबिज नभएको पुष्टि भएसँगै सो च्याङ्ग्राको १० प्रतिशत मूल्य घटाएर बिक्री गरेको गरिएको हो ।
_38JQTtlZGf.jpg)
च्याङ्ग्राको मूल्य ११ सय २५ रुपैयाँ प्रतिकिलो थियो र १० प्रतिशतले घटाएर १ हजार १५ प्रतिकिलो रुपैयाँमा बिक्री गरिएको थापाले रातोपाटीलाई जानकारी दिइन् । मर्ने अवस्थामा पुगेका पशुको उद्धार गर्दा राम्रो हुने भन्दै बौद्धधर्म मान्ने लामाहरूले च्याङ्ग्राहरू एकमुस्ट खरिद गरेको उनको भनाई छ ।
उनका अनुसार ती च्याङ्ग्रा खानुभन्दा धार्मिक प्रयोजनका लागि खरिद गरिएको हो । करिब ६ लाख रुपैयाँमा ती च्याङ्ग्रा बिक्री गरिएको थापाले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण