१० प्रतिशत मूल्य घटाएर २२ वटा च्याङ्ग्रा बिक्री
_UAcMOCVFtK.jpg)
काठमाडौँ । कुकुरको आक्रमणबाट जोगिएका बाँकी च्याङ्ग्रा बिक्री भएका छन् । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालयले बाँकी २२ वटा च्याङ्ग्रा बिक्री गरेको हो ।
कम्पनीको खोरमा पर्वका लागि ल्याएका ४७ वटा च्याङ्ग्रामा राखिएका थिए । तीमध्ये २५ वटा च्याङ्ग्रा कुकुरको आक्रमणबाट मरेपछि बाँकी २२ वटालाई कम्पनीले बिक्री गरेको कम्पनीकी प्रमुख ज्ञानु थापाले बताइन् । घाइते भएका च्याङ्ग्रामा रेबिज नभएको पुष्टि भएसँगै सो च्याङ्ग्राको १० प्रतिशत मूल्य घटाएर बिक्री गरेको गरिएको हो ।
च्याङ्ग्राको मूल्य ११ सय २५ रुपैयाँ प्रतिकिलो थियो र १० प्रतिशतले घटाएर १ हजार १५ प्रतिकिलो रुपैयाँमा बिक्री गरिएको थापाले रातोपाटीलाई जानकारी दिइन् । मर्ने अवस्थामा पुगेका पशुको उद्धार गर्दा राम्रो हुने भन्दै बौद्धधर्म मान्ने लामाहरूले च्याङ्ग्राहरू एकमुस्ट खरिद गरेको उनको भनाई छ ।
उनका अनुसार ती च्याङ्ग्रा खानुभन्दा धार्मिक प्रयोजनका लागि खरिद गरिएको हो । करिब ६ लाख रुपैयाँमा ती च्याङ्ग्रा बिक्री गरिएको थापाले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण