फुल कन्ट्याक्ट कराँतेमा नेपाललाई आठ स्वर्ण
बुधबार, ०३ माघ २०८०, ०९ : ०२
काठमाडौँ । नेपाली खेलाडीले दोस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट क्योकुसिन कराँते प्रतियोगितामा ८ स्वर्ण जितेका छन् । भारतको आसाममा भएको प्रतियोगिताको पुरुषमा गणेशप्रसाद चौधरी, दिनेश भान, होमबहादुर राई, आशिष तामाङ र सुशान्त तामाङले स्वर्ण जितेका हुन् ।
महिलामा अनिशा तामाङ, सिवानी आले मगर र दीक्षा महराले स्वर्ण हात पारे । पुरुषमा सरोज श्रेष्ठ, विवेक नेपाली र पूर्ण गुरुङ तथा महिलामा निसु तामाङले रजत प्राप्त गरे ।
पुरुषमा बाबुकृष्ण महर्जन, आशुतोष जैसवाल, केशव विक, साजन नेपाली र विवेक बर्देवा तथा महिलामा साक्षी ढकाल र अञ्जना बुढाथोकीले कांस्य पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण