युवकले लिपस्टिक र मेकअप लगाएर प्रेमिकाको ठाउँमा परीक्षा दिन गएपछि...
पन्जाब । भारतमा प्रेमिकाको सट्टामा परीक्षा दिन युवतिको पहिरन र लिपस्टिक अनि मेक अप लगाएर पन्जाबको एउटा विश्वविद्यालयको परीक्षा हलमा गएका युवकको पोल खुलेको छ । पन्जाबको फरिदकोट जिल्लामा बाबा फरिद युनिभर्सिटी अफ हेल्थ साइन्सेजका अधिकारीहरूले छद्म भेषमा नक्कली कागजपत्रको साथमा आएका युवकलाई समातेका हुन् ।
बहुउद्देश्यीय स्वास्थ्य कामदारको परीक्षा दिन ती पुरुष आफ्नो प्रेमिकाको सट्टामा परीक्षा दिन आएका थिए । यो घटना जनवरी ७ को हो । फाजिल्काका अंग्रेज सिंह नाम गरेका ती युवक महिलाको पहिरन लगाएर आएका थिए । पहिरनका कारण कर्मचारीहरू झुक्किए पनि बायोमेट्रिक स्क्यानलाई उनले छक्क्याउन सकेनन् ।
आवेदन फारममा टाँसिएको परमजीत कौरको तस्बिर र परीक्षार्थी बनेर आएकी महिलाको अनुहार पनि मेल खाएको थिएन । पछि बायोमेट्रिक्स चेक जाँच गर्ने क्रममा रेकर्डमा मेल खाएन । अंग्रेज सिंहले परमजीत कौरको नाममा झुटो आधार कार्ड, मतदाता पत्र र बनाएको भेटियो ।
सुरुमा अंग्रेज सिंहलाई परीक्षा हलबाट घर पठाइएको भएपनि पछि उनी विरुद्ध ऊजुरी दर्ता गरिएको छ । उनी विरुद्ध कयौँ आरोपमाथि अनुसन्धान भइरहेको छ । अंग्रेज सिंहले यस अघि पनि परमजीत बनेर परीक्षा दिएको अनि अनुत्तीर्ण भएको पाइएको छ । यो पटक भने उनी परीक्षामा उत्तीर्ण हुने आशमा परीक्षा दिन आएका थिए । अहिले सामाजिक सञ्जालमा अंग्रेज सिंह महिला बनेर परीक्षा हलमा बसेको फोटो भाइरल बनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण