गरिमा विकास बैंकद्वारा ‘गरिमा ५ इन १ बचत खाता’ सार्वजनिक
काठमाडौँ । गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १ बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सीआस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यस खाता अन्तर्गत ग्राहकहरूले न्यूनतम १००० मा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैङ्किङ, वेब बैंकिङ, एटीएम सीआस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर फ्यासिलिटीमा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरूले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण