बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको कनेक्टिकटमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद् सदस्यमा नियुक्त

बिहीबार, ०४ माघ २०८०, ०७ : २२
बिहीबार, ०४ माघ २०८०

अमेरिका । अमेरिकाको मूलधारमा कनेक्टिकट राज्यको  ब्रान्डफोर्ड सहरमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद् सदस्यमा नियुक्त भएका छन् । उनलाई जनवरी १७ बुधबारका दिन ब्रान्डफोर्डको बोर्ड अफ सेलेक्टमेन्ट (चयन समिति)ले नियुक्त गरेको हो ।

ब्रान्डफोर्ड सहरको लागि डेमोक्र्याटिकको तर्फबाट श्रेष्ठलाई रिप्रिजेन्टेटेटिभ टाउन मिटिङ्ग अर्थात् आरटिएम (नगर परिषद् सदस्य)मा नियुक्त गरिएको हो  । आज उनलाई अपराह्न  उक्त सहरमा बसेको बैठकले उनलाई नियुक्त गरेको हो ।

उनलाई ब्रान्डफोर्ड सहरको जिल्ला ४ बाट डेमोक्र्याटिकको तर्फबाट नियुक्त गरिएको छ  । उनी सहित त्यही सहरमा नेपाली मूलका कूल ३ जना व्यक्तित्वहरू निर्वाचित तथा नियुक्त भएका छन् । यसरी मूलधारमा काम गर्नेहरूमा व्यवसायी तथा समाज सेवी राम चन्द्र श्रेष्ठ जो अहिले शिक्षा समितिको निर्देशकमा निर्वाचित भएका छन् । राम चन्द्र श्रेष्ठ यो भन्दा अगाडी नगर परिषद् सदस्यमा एक पटक मनोनीत र २ पटक निर्वाचित भएका थिए । उनी एकै पटक दुई वटा पदमा निर्वाचित भए पछि नगर परिषद् सदस्य आरटिएमबाट राजीनामा दिएका थिए ।

अर्का नेपाली मूलका चिरन न्यौपाने पनि नगर परिषद् सदस्यमा समेत निर्वाचित भएका छन् भनी रिपब्लिकन दलको तर्फबाट निर्वाचित भएका हुन्  । उनी पहिले नियुक्त भएका थिए भने गत निर्वाचनमा आरटिएम अर्थात् नगर परिषद् सदस्यमा निर्वाचित भएका छन् ।

को हुन् ज्ञानु श्रेष्ठ 

श्रेष्ठको जन्म नेपालको  जनकपुर अञ्चल, दोलखा जिल्ला, भिमेश्वर नगर पालिका वडा नम्बर २ (डोकुवली टोल)मा भएको हो ।अमेरिकामा सन २००१ देखी बसोबास गर्दै आएका श्रेष्ठ २००१ देखी २०१० सम्म न्यूयोर्कमा बसे । सन् २०१० देखि अर्थात् विगत १४ वर्ष कनेक्टिकट राज्यमा परिवार सहित बस्दै  आएका छन् ।

काठमाडौँको मेकानिकल ईन्जिनियरिङ थापथली क्याम्पसबाट स्नातक तथा त्रिभुवन विश्वविद्यालय वाणिज्यमा  स्नातक समेत गरेका छन् । अमेरिका आए पछि उनले स्वेडिश ईन्स्टिच्युट कलेज अफ हेल्थ साइन्स न्युयोर्कबाट मसाज थेरापी (मालिस उपचार ) विषयमा स्नातक गरेका छन् । उनी विभिन्न सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।

सोसाईटी अफ नेपलिज इन अमेरिका, ब्रान्फोर्ड, कन्नेक्टिकटमा पाच कार्यकाल (अर्थात् १० वर्ष) प्रविधि निर्देशकको पदमा आफ्नो जिम्मेवार पुरा गरे । यसको साथै अमेरिकी नेपाली महोत्सव २०२३ को मूल समारोह समितिमा रहेर कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान गरे ।

उनी ब्रान्डफोर्ड सहर मै विगत १४ वर्ष देखी स्पा व्यवसाय (खनिज जलीय शृङ्गार गृह)को व्यवसायमा संलग्न रहेका छन् । उनी सहित अमेरिकामा हाल सम्म दर्जनौँ नेपालीहरूको राजनीतिमा प्रवेश गरेका छन्  ।

नगर परिषद्मा मात्रै करिब आधा दर्जन नेपालीहरू मूलधारमा प्रवेश गरेका छन् । यो क्रम बढ्दो छ । तर अमेरिकी मूलधारमा आधा दर्जन पराजित पनि भएका छन्  ।

अमेरिकामा  मूलधारमा खाता खोल्ने मेरिल्यान्ड राज्यको इन्डियन हेड सहरका लागि उप प्रमुख किरण सिटौला हुन् । त्यस पछि अमेरिकी इतिहासमा पहिलो पटक मेरिल्याण्ड राज्यबाट बिधान सभा सदस्य अर्थात् सांसद हुने पहिलो व्यक्ति डा ह्यारी भण्डारी हुन् । उनी २ पटक विजयी भएका छन् भने अहिले पनि उनी सांसद हुन् । यसै गरी न्यूयोर्कबाट पनि सांसद पदमा सराह्रना श्रेष्ठले खाता खोल्दै पहिलो जनप्रतिनिधि हुने अवसर पाएकी छिन । उनी  अमेरिकामा नेपाली महिलाको तर्फबाट सांसद पदमा निर्वाचित हुने पहिलो महिला हुन् र न्यूयोर्क राज्यमै सांसद हुने पहिलो नेपाली हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप