फिल्म ‘झिल्को’मा वर्षा
काठमाडौंँ । अभिनेत्री वर्षा शिवाकोटी केही समयदेखि खाली छिन् । फिल्म ‘परदेशी २’ पछि उनको कुनै पनि फिल्म आएको छैन । उनको रिलिज हुन बाँकी पनि फिल्म छैन । पुराना फिल्म रिलिज भएपछि नयाँ गर्ने नीतिले केही समय उनले काम गरिन् । त्यसपछि केही समय उनको हात फिल्म नै परेन ।
अहिले भने उनको हातमा दुई फिल्म छ ‘काजी’ र ‘झिल्को’ । ‘काजी’ मा उनी केही अगाडि अनुबन्धित भएकी हुन् । लक्ष्मण रिलिजको निर्देशन रहने फिल्म फागुनबाट छायांकनमा जाने तयारीमा छ । त्यसअगाडि भने उनले फिल्म ‘झिल्को’ अभिनय गर्ने भएकी छन् ।
यादव भट्टराईको निर्देशनमा बन्न लागेको फिल्मको बिहीबार साँझ शुभ–मुहूर्त राखिएको छ । यादवले यस अगाडि चर्चित फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए । सोही कारणले पनि वर्षाले यस फिल्म रोजेकी हुन् । यो फिल्मबाट उनले करियरमा रामै्र फाइदा पुग्ने आश गरेकी छन् ।
फिल्ममा नाट्यकर्मी सुनील पोखरेल र कलाकार विशाल पोखरेलको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा उनको भूमिका के भन्ने अहिले खुलाइएको छैन । उनी महत्वपूर्ण भूमिकामा देखिने निर्माण युनिटले जनाएका छन् । केही समयदेखि खाली रहेकी वर्षालाई ‘काजी‘ पछि ‘झिल्को’ हात पर्नाले केही राहत भने मिलेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण