अस्ट्रेलियन ओपन : चौथो चरणमा पुगिन् १६ वर्षीया रुसी किशोरी मिरा एन्ड्रिभा
काठमाडौँ । १६ वर्षीया रुसी किशोरी मिरा एन्ड्रिभा वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणमा पुगेकी छन् । उनले शुक्रबार मेलबर्नमा खेलिएको महिला एकलतर्फको तेस्रो चरणको खेलमा फ्रान्सकी डियान पेरीलाई हराएकी हुन् ।
यी दुबैबिचको खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको पहिलो सेटको नतिजालाई पेरीले ६–१ अंकले आफ्नो पक्षमा पारेकी थिइन् । त्यसपछि दोस्रो सेटमा एन्ड्रिभा ६–१ अंकले विजयी भइन् । तेस्रो सेटको भिडन्त भने झनै रोचक थियो । अन्ततः तेस्रो सेटको नतिजालाई ७–६ (१०–५) अंकले आफ्नो पक्षमा पार्दै एन्ड्रिभा प्रतियोगिताको चौथो चरणमा पुग्न सफल भइन् । रुसी किशोरी एन्ड्रिभाले चौथो चरणमा प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वीको भने टुङ्गो लाग्न बाँकी छ ।
यसअघि दोस्रो चरणको खेलमा एन्ड्रिभाले आफूभन्दा प्रभावशाली खेलाडी ओन्स जबेउरलाई हराएकी थिइन् । उनले ट्युनिसियाकी जबेउरलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी थिइन् । जबेउर प्रतियोगितामा छैटौँ वरीयताप्राप्त खेलाडी थिइन् ।
विश्व टेनिसमा भर्खर उदाउँदै गरेकी एन्ड्रिभाको आदर्श खेलाडी पनि जबेउर नै हुन् । ‘जबेउर मेरो आदर्श खेलाडी हुन् । उनीबाट मैले धेरै कुरा सिकेकी पनि छु । आज उनलाई नै हराउँदा मलाई दुःख पनि लागेको छ र गौरवको अनुभव पनि भएको छ,’ खेलपछि उनले भनेकी थिइन् । एन्ड्रिभा प्रतियोगितामा ४७औँ वरीयताप्राप्त खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण