जापानद्वारा चन्द्रमामा अन्तरिक्ष यानको सफ्ट ल्याण्डिङको पुष्टि, यस्तो गर्ने विश्वको पाँचौँ देश बन्यो
टोकियो । जापानको अन्तरिक्ष एजेन्सीले चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्ष यानको 'न्यूनतम सफलता' र 'सफ्ट ल्यान्डिङ' पुष्टि गरेको छ। जापानको अन्तरिक्ष एजेन्सी जाक्साले यो मिसनलाई ‘प्रमुख कोसेढुङ्गा’ र भावी अन्तरिक्ष अन्वेषण अभियानका लागि ठुलो कदम भनेको छ।
जाक्साका अध्यक्ष हिरोशी यामाकावाले अवतरण सफल भएको बताउँदै अन्तरिक्ष यानसँग सञ्चार सम्भव भएको बताए । उनले चन्द्रमाको सतहमा अवतरण र सञ्चारलाई मिसनको 'न्यूनतम सफलता' भनेका छन्।
उनले थप निष्कर्ष निकाल्न तथ्याङ्कको मूल्याङ्कन गर्ने बताए । ‘हामीलाई चन्द्रमाको सतहमा पुग्न सक्षम हुन विभिन्न देशहरूसँग अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ, जुन पहिले नै चलिरहेको छ,’ उनले भने।
सटीक अवतरण सफल भएको तर एजेन्सीलाई विश्लेषण गर्न करिब एक महिना लाग्ने उनको भनाइ छ । हिरोशी यामाकावाले पनि जापानले चन्द्रमामा यस्ता थप सवारी साधन पठाउने बताए । उनले भने, ‘हामी पनि मंगल ग्रह जाने योजनामा छौँ।’
त्यसपछि जाक्साका तीन अधिकारीले पत्रकार सम्मेलन गरी पत्रकारका प्रश्नको जवाफ दिएका थिए । जाक्साका अधिकारी हितोशी कुनिनाकाले अन्तरिक्षयानका केही प्रणालीहरू शक्ति बचत गर्न बन्द गरिएको छ, किनभने यो अहिले पूर्ण रूपमा ब्याट्रीहरूमा निर्भर छ।
ब्याट्री धेरै घण्टा टिक्ने अपेक्षा गरिएको र सोलार जेनेरेटर सुरु गर्न जाक्सा टोलीले हरसम्भव प्रयास गरिरहेको उनले बताए । उनले निर्धारित लक्ष्यभन्दा १०० मिटर भित्र अन्तरिक्ष यान अवतरण गरेको यकिन मात्रै यो मिसन पूर्णतया सफल घोषित हुने बताए । तर, पुष्टि हुन एक महिना लाग्न सक्छ।
अमेरिका, पूर्व सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश जापान हो । गत वर्ष मात्रै भारतले चन्द्रयान सफलतापूर्वक चन्द्रमाको सतहमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण