गजल
गर्दिन भो चोखो माया
शनिबार, ०६ माघ २०८०, १० : ००
तिम्रो माया हल्ली जाने पिपलको पात लाग्यो ।
फूलसरी सजाएथेँ तिमीलाई नै मात लाग्यो ।
कसलाई आफ्नो भन्नु मैले यो स्वार्थी संसारमा ?
एउटा फूल रोजेको थेँ अर्कोको साथ लाग्यो ।
आफूलाई भन्दा धेरै तिमीलाई माया गरे ,
निर्दोष थिए तर तिम्ले सरापेको हात लाग्यो ।
पत्थरको मुटु तिम्रो भुल्यो आज स्वार्थी बनी ,
जिन्दगी नै वियोगले औँशीकाे रात लाग्यो ।
यहीँ यात्रा प्यारो भाछ साथ तिम्रो चाहिदैँन ,
गर्दिन भो चोखो माया जवानीमा वात लाग्यो ।
उदास उदास भएको छ आज मणिराम ,
मेरै मात्र जिन्दगीमा चोटै चोटको खात लाग्यो ।
- सुन्दरहरैँचा , मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण