त्यसैले त मेरो बिहे भएन
पढाइमा पढ्दा पढ्दै जिन्दगी बित्यो
जागिरमा चढ्दा चढ्दै जिन्दगी बित्यो
पढुन्जेल चढुन्जेल मन अन्त कतै गएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन
बिहेको कति कति कुरो नआएको होइन
सुन्दरीहरूले इन्स्टाग्राममा नधाएको होइन
पढाइ-चढाइको घमन्डमा त्यस्तो कुरोले छोएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन
हेर्दा हेर्दै अब त उमेर चालिस पो कटेछु
झल्याँस्स भई पारिवारिक सुख मोह खोजेछु
लाउँलाउँ खाउँखाउँ भन्ने यौवन-जोश अब रहेन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन
अब त बुढी कन्येको मात्र कुरा आउँछ
उमेर कटेकीले कसरी पो सन्तान पाउँछ
सन्तान विनाको बिहे गर्न यो मनले खाएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन
पत्याउलान् कि कोहीले भनी ब्यूटीसैलून गएँ
चाउरिएको तन्काएर जवान जस्तो भएँ
जति छोप्न खोजे पनि तालु छोपिएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन
तरुनीहरू तरुनो र पुरुषत्व खोज्छन्
धेरै पढाइ ठुलो पद किन पो रोज्छन्
ढल्कँदो उमेरमा कुनै ठिटीले भाउनै दिएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन
पढाइमा पढ्दा पढ्दै जिन्दगी बित्यो
जागिरमा चढ्दा चढ्दै जिन्दगी बित्यो
पढुन्जेल चढुन्जेल मन अन्त कतै गएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण