१९ बुँदे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार संघले सरकारलाई बुझायो ज्ञापनपत्र
आइतबार, ०७ माघ २०८०, १३ : ५२

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सरकारलाई १९ बुँदे माग अघि सारेको छ। वैदेशिक रोजगार व्यवसायमा लेखिएका विभिन्न समस्या समाधानको माग राख्दै संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो।
वैदेशिक रोजगारका क्षेत्रमा विभिन्न समस्या देखिएको भन्दै ती समस्या समाधान गर्न माग गरेको हो । ती मागहरू सम्बोधन नगरेको खण्डमा कामदार वैदेशिक रोजगारीमा नपठाउने व्यवसायीहरूले चेतावनी दिएका छन्। संघका अध्यक्ष राजेन्द्र भण्डारीले समस्या समाधान नगरिएमा व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था आएको बताए ।
व्यवसायीका जायज मागहरू पुरा गरी सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै मागहरू सम्बोधन नगरिएमा ( पूरा नगरिएमा ) अन्य कुनै विकल्प नभएकाले बाध्य भई वैदेशिक रोजगारमा कामदार पठाउन बन्द गरिने चेतावनी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै