सडक र यात्री
लाखौँको गन्तव्य तय गर्ने सडक,
सूर्यास्तपछि एक्लो परेछ,
हजारौँको सहयात्री बनेर,
जुगौँ जुगको बाटो तय गर्ने सडक,
हरदम निस्वार्थ सेवामा तल्लीन छ ।
किनारा दिनु छ बटुवालाई
गन्तव्यमा पुर्याउनु छ सबै यात्रीलाई
आश्रय दिनुछ अनाथलाई
आफैँ एक्लिएर सबैको साझा साथी बन्नु छ
जुगौँ जुगलाई ।
सवारीसाधनको पर्याय सडक
सुनसान रातमा लमतन्न परेको छ
यात्रुलाई सकुशल आफ्नो गन्तव्यमा पुर्याउन
हरदम प्रार्थना गरिरहेछ ।
आगन्तुकको स्वागतमा तल्लीन छ
विद्यार्थीको भविष्य बनाउन अग्रसर छ
असहायको पहरेदारीमा व्यस्त छ
जीवन आशा बोकेका एम्बुलेन्स कुदिरहेछन्
भविष्य बोकेका स्कुल र कलेजका बस दौडिरहेछन्
सुन्दर भविष्य बोकेको दूरदराजबाट आएको विद्यार्थी
कुरूप वर्तमानलाई यही सडकको धुलोसँग हतारहतार साट्दै
चालिरहेछ पाइला ।
यात्रीहरू सडकमा पाइला राख्छन्
यसमा पोखिन्छन्—
अभिलाषाका पोकाहरू
इच्छाशक्तिहरू
पीडित मनका आर्तनादहरू
मानवीय कुण्ठाका नमिठा यादहरू ।
कति शान्तसित समेट्छ सडकले
मानवका भावहरू ।
जहाँ छ टुक्रिएका सपना जोड्ने शक्ति
भत्किएको विश्वासका पर्खाल पुनः बनाउने शक्ति
आफन्तले दिएको आर्तनादका बिच पनि
पराईले दिएको भरोसाबिच मुस्कुराउने शक्ति ।
अन्योल वर्तमानका बिच पनि
देख्न सकिने सुन्दर भविष्यको कल्पना
बिनाभेदभाव स्नेह प्रदान गरी
यात्रामा तल्लीन हुन प्रेरित गर्छ सडक
हजारौँ सपनाको विकल्प देखाई
उपयुक्त परिधि निर्माणका निम्ति सहयोगी बन्छ सडक ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण