सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्समा एउटै भिडियोबाट २ लाख ६३ हजार डलर कमाइ

मङ्गलबार, ०९ माघ २०८०, १३ : ४९
मङ्गलबार, ०९ माघ २०८०

लस एञ्जलस । ‘मिस्टर बिस्ट’ को नामले चर्चित कन्टेन्ट क्रिएटर जिमी डोनाल्डसनले हालै सामाजिक सञ्जाल एक्समा एउटा भिडियो हालेका थिए । एक्समा हाल्दा एउटै भिडियोबाट कति कमाइ हुन्छ भनेर हेर्न उनले उक्त भिडियो पोस्ट गरेका थिए । सोमबार एउटा पोस्ट गर्दै मिस्टर बिस्टले उक्त भिडियोमा आएको विज्ञापनबाट आफूले २ लाख ६३ हजार अमेरिकी डलर (साढे ३ करोड रुपैयाँ) कमाएको बताएका छन् ।  

‘एक डलरको कार भर्सेज १० करोड डलरको कार’ शीर्षकमा पोस्ट भएको सो भिडियोमा एक हप्तामा १५ करोड भ्यूज आएको थियो । तर यो कमाइलाई उनले भ्रामक भनेका छन् । विज्ञापनदाताहरूले भिडियोले पाइरहेको अटेन्शन हेरेर भिडियोमा विज्ञापन दिएकोले प्रति भ्युज आम्दानी आफूले अनुभव गरेको भन्दा धेरै भएको उनले बताए । एक्सले गएको वर्ष मात्रै कन्टेन्ट क्रिएटरको आम्दानी शेयर गर्ने कार्यक्रम शुरु गरेको थियो । यसमा पोष्टमा आउने विज्ञापनबाट हुने आम्दानीमा क्रिएटरहरुलाई पनि एउटा हिस्सा दिन थालिएको थियो ।

पोस्टमा तोकिएको सङ्ख्यामा युजर पुर्‍याउन सक्ने क्रिएटरहरु यो कार्यक्रमका लागि योग्य हुने छन् । सन् २०२२ मा ट्विटर किनेयता एलन मस्कले यसलाई सुपर एप बनाउन खोजिरहेका छन् । डोनल्डसन चर्चित युट्युबर मध्ये एक हुन् । उनको च्यानलहरूमा ३७ करोड भन्दा धेरै सब्सक्राइबर छन् । 

एक्समा मिस्टर बिस्टलाई स्वागत गर्दै मस्कले ‘मिस्टर बिस्टले एक्समा पोस्ट गरेको पहिलो भिडियो’ भन्दै रिट्विट गरेका थिए । एक्सकी सीईओ लिन्डा याक्कारिनोले सो भिडियो आफ्नो एकाउन्टमा पोस्ट पनि गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप