सानुभाइको समूह फेरि कुटपिटमा संलग्न, ७ जनाविरुद्ध उजुरी
काठमाडौँ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी सानुभाई उर्फ युवराज गुरुङविरुद्ध प्रहरीमा फेरि उजुरी परेको छ । ठमेलको छायाँ सेन्टरस्थित प्ले ब्वाई क्लवमा झगडा गरेको आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
सानुभाईको समूहले प्ले व्वाई क्लबमा अर्को समूहलाई कुटपिट गरेर ज्यान मार्ने उद्योग गरेको आरोप छ । उनीहरुविरुद्ध जाहेरी दर्ता गरेर प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । कुटपिटमा संलग्न विश्व लामालाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षका अनुसार कुटपिटमा ७ जना संलग्न थिए ।
ठमेलको क्लब ओम्नियाका संचालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेर सानुभाइको समूहलाई मुद्धा चलाएको थियो । उनीहरु १० साउनमा १० हजार धरौटीमा छुटेका थिए । छुटेपछि उनीहरु फेरी गुण्डागर्दीमा संलग्न भएको प्रहरी अधिकृतहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण