एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो
बुधबार, १० माघ २०८०, ०७ : १६
काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १–० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औँ मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बिनले गोल गर्दै अग्रता दिलाए ।
सोही अग्रता अन्तिमसम्म कायम राख्दै सिरियाले स्पष्ट ३ अङ्क जोड्न सफल भयो । यस्तै, मंगलबारै भएको अर्को खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
बराबरीले अस्ट्रेलिया शीर्ष तथा उज्बेकिस्तान दोस्रो स्थानमा रहेर अन्तिम १६मा प्रवेश गरे । भारतलाई पराजित गरेको सिरिया ४ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेकाले उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण