शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

बुधबार, १० माघ २०८०, ०७ : १६
बुधबार, १० माघ २०८०

काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो । 

समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १–० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औँ मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बिनले गोल गर्दै अग्रता दिलाए । 

सोही अग्रता अन्तिमसम्म कायम राख्दै सिरियाले स्पष्ट ३ अङ्क जोड्न सफल भयो । यस्तै, मंगलबारै भएको अर्को खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

बराबरीले अस्ट्रेलिया शीर्ष तथा उज्बेकिस्तान दोस्रो स्थानमा रहेर अन्तिम १६मा प्रवेश गरे । भारतलाई पराजित गरेको सिरिया ४ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेकाले उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बाँकी नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप