नेविसंघले माघ दोस्रो साता रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेपाल विद्यार्थी संघले माघको दोस्रो साता रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पत्रकार सम्मेलन गर्दै माघ १३, १४ र १५ गते ‘विश्वकर्मा’ नामक अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना लागिएको बताए ।
काठमाडौँस्थित दशरथ रङ्गशालामा ‘विश्वकर्मा’ नामक अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने उनको भनाइ छ । अध्यक्ष शेर्पाका अनुसार विद्यार्थीलाई अनुसन्धान, सृजना र आविष्कारसँग जोड्ने प्रतियोगिताको मूल ध्येय छ ।
‘सृजना र आविष्कारका प्रतीक “विश्वकर्मा” प्रतियोगितामा सहभागीले आ—आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नेछन् । जसमा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तान बाट १८ वटा समुहले प्रतिस्पर्धा गर्नेछन् । खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्नेछन्,’ अध्यक्ष शेर्पाले भने ।
तीन दिने प्रतियोगितामा संघले सबै समूह सहभागी, आमन्त्रित अतिथि र स्वयंसेवकलाई खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने उनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूहले ३.५ लाख, दोस्रो हुने समूहले १.५ लाख र अन्य श्रेणीमा विजयी हुने एक समूहले १ लाख पाउने छ । कार्यक्रमको कुल अनुमानित लागत ३० लाख रहेको उनले बताए । ‘त्यसैगरी प्रतियोगिताको प्राविधिक साझेदार बलियो भेन्चर्स रहेको छ । जसले नेपालको हालसम्मकै सबैभन्दा सुसज्जित र सुरक्षित रोबोटिक वार प्रतियोगिता क्षेत्रको व्यवस्थापन एवं सुपरिवेक्षण गर्ने छ,’ उनले भने ।
प्रतियोगिताका मुख्य प्रायोजकहरू स्टिङ, राष्ट्रिय वाणिज्य बैंक र फ्याफुल्ला साउन्ड सिस्टम रहेका छन् । प्रतियोगिताको उद्घाटन र समापन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस पदाधिकारी वा केन्द्रीय स्तरका नेतालाई आमन्त्रण गरिने शेर्पाले बताए ।
साथै विशिष्ट अतिथिका एवं अतिथिका रूपमा विज्ञान, प्रविधि र नव प्रवर्तन क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई आमन्त्रण गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण