देशभर १७ वटा वायु गुणस्तर मापन केन्द्र बन्द
बुधबार, १० माघ २०८०, २३ : ४२
काठमाडौँ । देशभर १७ वटा वायु गुणस्तर मापन केन्द्र बन्द भएका छन् । नेपालभर २७ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये १७ वटा बन्द र १० वटा सञ्चालित रहेको वातावरण विभागले जनाएको छ ।
वायु गुणस्तर मापन केन्द्र काठमाडौँ उपत्यकामा ७ वटा छन् । काठमाडौँ उपत्यका बाहिर झापा, विराटनगर, जनकपुर, हेटौँडा, लुम्बिनी, धनगढी, महेन्द्रनगर, पोखरा, धनकुटा लगायत स्थानमा ती मापन केन्द्र स्थापित छन् ।
मर्मत गरिरहेका हुनले सो १७ वटा हावा गुणस्तर मापन गर्ने यन्त्र सञ्चालनमा आउन नसकेका हुन् ।
देशभरमा रहेका मापन केन्द्रले सो स्थानको लाइभ वायु गुणस्तरको अपडेट दिन्छन् । तर हाल तीमध्ये अधिकांश बन्द स्थितिमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण