युक्रेनले सैन्य विमान खसालेको रुसको आरोप
बिहीबार, ११ माघ २०८०, ०७ : १३
_iKodxYcCD1.jpg)
मस्को । रुसको विदेश मन्त्रालयले युक्रेनले सैन्य विमान खसालेको आरोप लगाएको छ । युक्रेनको सीमावर्ती बेल्गोरोड क्षेत्रमा रुसी सैन्य विमान इलुसिन–७६ दुर्घटनाग्रस्त भएको थियो ।
स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले विमान कोरोचान्स्की जिल्लामा दुर्घटनाग्रस्त भएको बताए। दुर्घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान भइरहेको उनले जानकारी पनि दिए ।
उक्त विमानमा जम्मा ७४ जना सवार थिए र ती सबैको मृत्यु भएको थियो । सरकारी समाचार एजेन्सी टासका अनुसार विदेश मन्त्रालयले यसलाई 'क्रूर' भनेको छ।
बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बताए । उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु
-
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु
-
‘हेरा फेरी ३’ छाडेपछि परेशसँग अक्षयले मागे २५ करोड क्षतिपूर्ति
-
देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो
-
‘वार २’ को टिजर : ऋतिक र जुनियर एनटीआर आमनेसामने, बोल्ड अवतारमा कियारा
-
विद्या भण्डारीसँग मन्त्रीदेखि यी नेता जाँदैछन् चीन भ्रमणमा