आजपाद्वारा आह्वान गरिएको बन्दको रौतहटमा आंशिक प्रभाव, २१ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
रौतहट । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एक दिने मधेस प्रदेश बन्दको रौतहटमा आंशिक प्रभाव परेको छ। बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुवित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको हो ।
बन्दलाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरू सदरमुकाम गौर लगायत विभिन्न स्थानमा आज बिहानै देखि टायर बालेर प्रदर्शन गरेका थिए।
जिल्ला सदरमुकाम गौर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगतको तुलनामा कम चलेको छ। पसल व्यापारिक प्रतिष्ठानहरू पूर्ववत् चलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। जिल्लाको मुख्य बजार गरुडा कटहरियामा पनि साना ठुला पसलहरू सञ्चालनमा रहेको छ।
कटहरियाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको छैन। कटहरियाबाट आज बिहान एउटा टाटासुमो काठमाडौँको लागि खुलेको छ भने नारायणघात, हेटौँडा, वीरगन्ज जाने बसहरू नचलेको काउन्टर इन्चार्ज बसरुदिन अन्सारीले बताएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्व पश्चिम राजमार्गमा विगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडक खण्डमा पनि चल्ने गाडीको सङ्ख्या कम देखिएको छ।
यसैबिच मधेस बन्द सफल पार्न बिहानै रौतहटको सदरमुकाम गौर , शुकदेव चौक, चन्द्रपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका २१ जना आजपा कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्। गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन। बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरूले बुधवार साँझ गौर, गरुडा, चन्द्रनिगापुरमा मसाल जुलुस प्रदर्शन गरेका थिए।
बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुवित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि विभिन्न खाले आन्दोलन गर्दै आएको छ m
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण