सचिव लम्साल र चिनियाँ राजदूत सोङबिच भेटवार्ता
बिहीबार, ११ माघ २०८०, १८ : ०२
काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।
लम्साल सचिवमा नियुक्त भएपछि राजदूत सोङको यो पहिलो भेट हो । सो भेटमा नेपाल–चीनबिचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रबार नेपाल भ्रमणमा आउँदै छन् । त्यसको विषयमा सचिव लम्साल र राजदूत सोङबिच छलफल भएको स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन भोलि बंगलादेश हुँदै चार दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपालमा उनले विभिन्न दलका नेताहरुसँग सामूहिक छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण