भारतीय एजेन्टले दुई पाकिस्तानी नागिरकको हत्या गरेको दाबी
इस्लामाबाद । पाकिस्तानले भारतले पाकिस्तानी भूमिमा दुई पाकिस्तानी नागरिकको हत्या गरेको आरोप लगाएको छ। पाकिस्तानी विदेश सचिव मोहम्मद साइरस सज्जाद काजीले सियालकोट र रावलकोटमा दुई पाकिस्तानी नागरिकको हत्यामा भारतीय एजेन्टहरूको संलग्नताको 'बलियो प्रमाण' रहेको दाबी गरेका हुन्।
पाकिस्तानका विदेश सचिव काजीले आरोप लगाए, ‘११ अक्टोबर २०२३ मा सियालकोटको मस्जिद बाहिर शाहिद लतिफ नामका व्यक्तिको हत्या गरियो। योगेश कुमार नामका भारतीय एजेन्टले तेस्रो देशमा बसेर यो हत्याको षड्यन्त्र रचे। उनले मोहम्मद उमेर नामका व्यक्तिलाई काममा लिएका थिए ।’
शाहिद लतिफलाई भारतको पठानकोट हमसेको मास्टरमाइन्ड मानिन्छ। सन् २०१६ मा पठानकोटमा भएको अतिवादी हमलामा सात भारतीय सैनिकको मृत्यु भएको थियो ।
विदेश सचिव काजीले दोस्रो हत्या मोहम्मद रियाज नामको व्यक्तिको भएको आरोप लगाए। रियाज एक कश्मीरी चरमपन्थी थिए जसलाई ८ सेप्टेम्बर २०२३ मा पाकिस्तान प्रशासित कश्मीरको रावलकोटको मस्जिदमा गोली हानी मारिएको थियो।
काजीका अनुसार मोहम्मद उमेरलाई अक्टोबर १२ मा पक्राउ गरिएको थियो, उनी देशबाट फरार हुन खोजिरहेका थिए।
यता भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘हामीले पाकिस्तानका विदेश सचिवले दिएको बयान केही मिडिया रिपोर्टहरूमा देख्यौँ। यो पाकिस्तानले भारतविरोधी झूटो प्रचार चलाउने नयाँ प्रयास हो।’
उनले थपे, ‘विश्वलाई थाहा छ, पाकिस्तान लामो समयदेखि आतंकवाद, संगठित अपराध र गैरकानूनी गतिविधिको केन्द्र रहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण