बुढानीलकण्ठ नगरपालिकाद्वारा करारमा स्वास्थ्य सेवाका कर्मचारी माग
शुक्रबार, १२ माघ २०८०, ०६ : ३१
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालमा सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।
आवेदन आहृवान सम्बन्धी विस्तृत सूचना बुढानीलकण्ठ नगरपालिकाको वेभसाइट www.budhanilkanthamun.gov.np बाट प्राप्त गर्न सकिनेछ । पदपूर्ति सम्बन्धी आवश्यक प्रक्रिया बुढानीलकण्ठ नगरपालिका, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण