अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट : ३११ रनमा समेटियो क्यारेबियन टोली
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको आफ्नो पहिलो पालीमा भ्रमणकारी टोली वेस्ट इन्डिज तीन सय ११ रन बनाउँदै अलआउट भएको छ । दोस्रो टेस्टको दोस्रो दिन शुक्रबारको दोस्रो सत्रमा वेस्ट इन्डिज अलआउट भएको हो ।
वेस्ट इन्डिजले आठ विकेटको नोक्सानीमा दुई सय ६६ रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो । पहिलो पालीमा वेस्ट इन्डिजका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । टस हारी पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजका लागि केभिम हज, जोसुआ डा सिल्भा र केभिन सिनक्लियरले अर्धशतक बनाएका हुन् ।
विकेटकिपर ब्याट्सम्यान डा सिल्भाले ७९ रन बनाए । उनले एक सय ५७ बलमा सात चौका पनि हिर्काए । ब्रिसबेनमा जारी उक्त टेस्टमा वेस्ट इन्डिजका लागि हजले पनि ७१ रन जोडे । उनले एक सय ९४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काए ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका केभिन सिनक्लियरले टोलीको खातामा ५० रन थपे । उनले ९८ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । तल्लोक्रमका ब्याट्सम्यान अल्जारी जोसेफले पनि ३२ रन बटुले । क्यारेबियन टोलीले अतिरिक्त रुपमा आठ रन पायो ।
अस्ट्रेलियन टोलीका बलर मिचेल स्टार्कले चार विकेट लिए । उनले २४ ओभरमा तीन मेडन राख्दै ८२ रन खर्चिएका थिए । जोस हेजलउड र नाथन लियोनले पनि दुई–दुई विकेट हात पारे । प्याट कुमिन्सले एक विकेट लिए । यसअघि पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण