शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपकराज गिरीको कटाक्ष : केहि नभए राष्ट्रिय सभा छँदै छ नि !

शुक्रबार, १२ माघ २०८०, १२ : ०१
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ तथा विपक्षी एमालेका एक जना निर्वाचित भए ।

निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरूको नाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । कतिले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेका छन् भने कतिले रिटायरमेन्टपछिको आराम थलो ।

यस्तैमा कलाकार दीपकराज गिरीले राष्ट्रिय सभा केही नगर्न नसकेकाको लागि थलो भएको व्यङ्ग्य गरेका छन् । उनले घुमाउरो शैलीमा लेखेका छन्, ‘छोराले केहि गर्न सकिन भनेर खूब चिन्ता गर्दैनथ्यो, मैले सम्झाएँ– बाबु हार नमान केहि नभए राष्ट्रिय सभा छँदै छ नि !’

उनको यो पोस्ट धेरैले मन पराएका छन् । अहिलेसम्म यो पोस्ट करिब एक सय ५७ पटक सेयर समेत भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप