दीपकराज गिरीको कटाक्ष : केहि नभए राष्ट्रिय सभा छँदै छ नि !
शुक्रबार, १२ माघ २०८०, १२ : ०१
काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ तथा विपक्षी एमालेका एक जना निर्वाचित भए ।
निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरूको नाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । कतिले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेका छन् भने कतिले रिटायरमेन्टपछिको आराम थलो ।
यस्तैमा कलाकार दीपकराज गिरीले राष्ट्रिय सभा केही नगर्न नसकेकाको लागि थलो भएको व्यङ्ग्य गरेका छन् । उनले घुमाउरो शैलीमा लेखेका छन्, ‘छोराले केहि गर्न सकिन भनेर खूब चिन्ता गर्दैनथ्यो, मैले सम्झाएँ– बाबु हार नमान केहि नभए राष्ट्रिय सभा छँदै छ नि !’
उनको यो पोस्ट धेरैले मन पराएका छन् । अहिलेसम्म यो पोस्ट करिब एक सय ५७ पटक सेयर समेत भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण