अफगानिस्तानको तेस्रो विकेट आकाश चन्दको नाममा
शुक्रबार, १२ माघ २०८०, १४ : ३१
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा नेपाली टोलीले अफगानिस्तानलाई निरन्तर दबाबमा राखेको छ ।
‘सुपर सिक्स’ चरणमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा रहेका दुवै टोलीमध्ये अफगानिस्तानलाई टसले साथ दिए पनि नेपालले भने खेलमा दबाब बनाउन सफलता पाएको छ ।
अफगानिस्तानले छैटौँ ओभरको पाँचौँ बलमा आफ्नो तेस्रो विकेट गुमाएको छ । अफगानिस्तानको तेस्रो विकेट नेपालका बलर आकाश चन्दले लिएका हुन् । जारी खेलमा चन्दको यो दोस्रो व्यक्तिगत विकेट हो ।
जमशिद जद्रानका रुपमा अफगानिस्तानले तेस्रो विकेट गुमाएर दबाब झेलिरहेको छ । जद्रानले व्यक्तिगत रुपमा ३ रनको मात्र योगदान गरे ।
७ ओभरको खेल सकिँदा अफगानिस्तानले तीन विकेटको क्षतिमा २६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण