आकाश चन्द चम्किँदा अफगानिस्तानले पाँचौँ विकेट गुमायो
शुक्रबार, १२ माघ २०८०, १४ : ४५
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपाली बलर आकाश चन्द चम्किएपछि अफगानिस्तानका ब्याट्सम्यानहरु क्रिजमा जम्न नसकेका हुन् ।
१० औँ ओभरको पहिलो बलमा अफगानिस्तानाका अली अहमद पाँचौँ विकेटका रुपमा बाहिरिएका हुन् । उनी आकाश चन्दको बलमा ‘एलबीडब्ल्यु’ धरापमा परेका हुन् ।
जारी खेलमा आकाश चन्दले चार विकेट लिइसकेका छन् । उनले अफगानिस्तानको दोस्रो, तेस्रो, चौथो र पाँचौँ विकेट आफ्नो नाम लेखाएका हुन् । पहिलो विकेट भने गुलसन झाले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण