पहिलो बलमा छक्का, दोस्रो बलमा चौका दिएका भण्डारीले तेस्रो बलमा लिए महत्त्वपूर्ण विकेट
शुक्रबार, १२ माघ २०८०, १५ : ३८
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच जारी यु–१९ क्रिकेट विश्वकप म्याचमा नेपाली बलर तिलक भण्डारीले अफगानिस्तानको सातौँ विकेट आफ्नो नाममा लेखाएर नेपाललाई बलियो अवस्थामा पुर्याएका छन् ।
नेपालका लागि निकै खतरनाक बनेका अफगानिस्तानका ब्याट्सम्यान अल्लाह मोहम्मद घजनफारलाई तिलकले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आउट गरेका हुन् । तिलकले १८ औँ ओभरमा बलिङको मौका पाएका थिए । पहिलो बलमा छक्का, दोस्रो बलमा चौका खाएका तिलकले तेस्रो बलमा रोचक तरिकाले विकेट लिए ।
१८ ओभरको तेस्रो बलसम्म अफगानिस्तानले ७ विकेटको क्षतिमा ८५ रन बनाएको छ । नेपालका लागि आकाश चन्दले पाँच र गुलसन झाले एक विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण