आइसीसी यु–१९ विश्वकप
अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य
शुक्रबार, १२ माघ २०८०, १६ : ५२
काठमाडौँ । आइसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो ।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।
नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण