चुम्बन प्रकरण : रुबियालेसको तीन वर्षको प्रतिबन्ध कायमै रहने
मड्रिड । स्पेनिस फुटबल महासंघका पूर्व अध्यक्ष लुइस रुबियालेसले फिफाले तीन वर्षको फुटबलसम्बन्धी गतिविधिमा लगाएको प्रतिबन्धविरुद्धको अपिल हारेका छन् ।
गत सेप्टेम्बरमा स्पेनको महिला विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्धको जितपछि जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेपछि ठुलो विवाद भएको थियो । विवाद र आलोचनाबिच रुबियालेसले आफ्नो पदबाट राजीनामा दिएका थिए। पछि रुबियालेसविरुद्ध उजुरी दर्ता गर्दै हर्मोसोले चुम्बन सहमतिमा नभएको बताएकी थिइन् ।
फिफा महिला विश्वकपको फाइनलको समयमा र पछि रुबियाल्सले फिफा अनुशासन संहिताको धारा १३ अन्तर्गतका प्रचलित सिद्धान्तहरू विपरीत व्यवहार गरेको पुनरावेदन समितिको निष्कर्ष रहेको विश्व फुटबलको नियामक निकायले विज्ञप्तिमा भनेको छ ।
रुबियालेसले भने सधैँ चुम्बन "सहमतिको चुम्बन" भएको बताउँदै आएका छन् । तर घटनापछि उनले स्पेनिस फुटबल महासंघको अध्यक्ष पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण