बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हुथी विद्रोहीद्वारा तेल ट्याङ्करमा मिसाइल आक्रमण

शनिबार, १३ माघ २०८०, १२ : २६
शनिबार, १३ माघ २०८०

काठमाडौँ । अदनको खाडीमा रहेको समुद्री मार्गमा हुथी विद्रोहीले गरेको आक्रमणका कारण एउटा तेल ट्याङ्करमा आगो लागेको छ । हुथी विद्रोहीले तेल ट्याङ्कर जहाज मर्लिन लुआन्डामा मिसाइल हमला गरेको दाबी गरेका हुन् ।

मिसाइल आक्रमणमा जहाजको कार्गो ट्याङ्कीमा आगो लागेको जहाजका अपरेटर ट्राफिगुराले बीबीसीलाई बताए। अमेरिकी अधिकारीहरूले ट्यांकरलाई एन्टी-शिप ब्यालिस्टिक मिसाइलले आक्रमण गरिएको जानकारी दिएका छन् । 

लाल सागर वरपर व्यापारी जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको यो पछिल्लो आक्रमण हो। इरान र हमास समर्थक हुथी विद्रोहीहरूले केही समयदेखि लाल सागर र आसपासका क्षेत्रहरूमा व्यावसायिक जहाजहरूमा मिसाइलहरू प्रहार गरिरहेका छन्।

यो समुद्री मार्ग युरोप र अमेरिकाको लागि महत्त्वपूर्ण आपूर्ति मार्गको रूपमा प्रयोग गरिन्छ। अमेरिकाले यी आक्रमणहरूको जवाफमा आक्रमणहरू सुरु गरेको छ र यदि हुथी विद्रोहीहरूले कारबाही बन्द नगरे थप ठूला आक्रमणहरू हुने चेतावनी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप