हुथी विद्रोहीद्वारा तेल ट्याङ्करमा मिसाइल आक्रमण
काठमाडौँ । अदनको खाडीमा रहेको समुद्री मार्गमा हुथी विद्रोहीले गरेको आक्रमणका कारण एउटा तेल ट्याङ्करमा आगो लागेको छ । हुथी विद्रोहीले तेल ट्याङ्कर जहाज मर्लिन लुआन्डामा मिसाइल हमला गरेको दाबी गरेका हुन् ।
मिसाइल आक्रमणमा जहाजको कार्गो ट्याङ्कीमा आगो लागेको जहाजका अपरेटर ट्राफिगुराले बीबीसीलाई बताए। अमेरिकी अधिकारीहरूले ट्यांकरलाई एन्टी-शिप ब्यालिस्टिक मिसाइलले आक्रमण गरिएको जानकारी दिएका छन् ।
लाल सागर वरपर व्यापारी जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको यो पछिल्लो आक्रमण हो। इरान र हमास समर्थक हुथी विद्रोहीहरूले केही समयदेखि लाल सागर र आसपासका क्षेत्रहरूमा व्यावसायिक जहाजहरूमा मिसाइलहरू प्रहार गरिरहेका छन्।
यो समुद्री मार्ग युरोप र अमेरिकाको लागि महत्त्वपूर्ण आपूर्ति मार्गको रूपमा प्रयोग गरिन्छ। अमेरिकाले यी आक्रमणहरूको जवाफमा आक्रमणहरू सुरु गरेको छ र यदि हुथी विद्रोहीहरूले कारबाही बन्द नगरे थप ठूला आक्रमणहरू हुने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण