किसानलाई ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल
कञ्चनपुर । व्यावसायिक तरकारी खेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारी खेती गर्नमा सघाउ पुर्याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो ।
“व्यावसायिक तरकारी खेतीमा संलग्न तत्काल प्लास्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौँ”, वडाध्यक्ष बाबुराम चौधरीले भने, “टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौँ ।” त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने उनले बताए ।
नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको छ । वडाका अधिकांश किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताए ।
यसैगरी आजै वडाबाट पाँच सय किसानलाई रु दुई लाख मूल्य बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बीउ निःशुल्करुपमा उपलब्ध गराइएको छ । “किसानलाई व्यावसायिक तरकारी खेती गर्नमा सहजता ल्याउनका लागि बीउ र प्लास्टिक टनेल वितरण गरेका हौँ”, उनले भने, “अर्को आवमा पनि किसानको मागअनुसारका कार्यक्रम सञ्चालन गर्नका लागि योजना बनाउँछौँ ।”
वडामा रहेका थारु गाउँका भलमन्साका लागि एक/एक स्टिल दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै वितरण गरिने बताए । यस्तै वडाका ४० महिलालाई व्यवसाय उन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण