शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको खोस्तबाट युएईका लागि उडान सुरु

शनिबार, १३ माघ २०८०, १६ : ५८
शनिबार, १३ माघ २०८०

उलानबाटोर । खोस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को अल एनका लागि पहिलो पटकको व्यावसायिक उडान सुरु गरिएको छ । 

स्थानीय टेलिभिजन टोलो न्यूजले शनिबार जानकारी गराएअनुसार विमानस्थलबाट हरेक हप्ता दुई वटा उडान भर्ने तय गरिएको छ । यसैगरी स्थानीय बासिन्दा तथा  यात्रुहरूले थप उडानको माग गरिरहेको टोलोन्युजले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सको फ्लाई दुबई एयरलाइन्सले दुई वर्षभन्दा बढीको निलम्बनपछि गत नोभेम्बरमा दुबईबाट काबुलका लागि पुनः उडान सुरु गरेको थियो ।-(रासस/सिन्ह्वा)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप