अफगानिस्तानको खोस्तबाट युएईका लागि उडान सुरु
शनिबार, १३ माघ २०८०, १६ : ५८
उलानबाटोर । खोस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को अल एनका लागि पहिलो पटकको व्यावसायिक उडान सुरु गरिएको छ ।
स्थानीय टेलिभिजन टोलो न्यूजले शनिबार जानकारी गराएअनुसार विमानस्थलबाट हरेक हप्ता दुई वटा उडान भर्ने तय गरिएको छ । यसैगरी स्थानीय बासिन्दा तथा यात्रुहरूले थप उडानको माग गरिरहेको टोलोन्युजले जनाएको छ ।
संयुक्त अरब इमिरेट्सको फ्लाई दुबई एयरलाइन्सले दुई वर्षभन्दा बढीको निलम्बनपछि गत नोभेम्बरमा दुबईबाट काबुलका लागि पुनः उडान सुरु गरेको थियो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण