अस्ट्रेलियालाई जीतका लागि थप १ सय ५६ रन आवश्यक
ब्रिसबेन । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियालाई जीतका लागि थप १ सय ५६ रन आवश्यक रहेको छ । अस्ट्रेलियासामु वेस्ट इन्डिजले २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
तेस्रो दिनको खेलको समाप्त हुँदा अस्ट्रेलिया २ विकेटको क्षतिमा ६० रन बनाएको स्थितिमा रहेको छ । अस्ट्रेलियाले ओपनर उसमान ख्वाजालाई १० रन तथा मार्नस लाबुसेनलाई ५ रन बनाएर गुमाएको छ । स्टिभन स्मीथ ३३ रन तथा क्यामरुन ग्रिन ९ रन बनाएर नटआउट रहेका छन् ।
यसअघि वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा १ सय ९३ रनमा अलआउट भयो । टोलीका लागि किर्क म्याकेन्जीले सर्वाधिक ४१ रनको योगदान दिए भने एलिक अथान्जेले ३५ तथा जस्टिन ग्रिम्सले ३३ रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलवुड र नाथल लियोनले ३–३ विकेट लिँदा मिचेल स्टार्क र क्यामरुन ग्रिनले १–१ विकेट लिए ।
वेस्ट इन्डिजले आफ्नो पहिलो पालीमा ३ सय ११ रन बनाएको थियो अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ८९ रन बनाउँदै आफ्नो पाली समाप्तिको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण