सीपमूलक शिक्षा आजको आवश्यकता : अध्यक्ष तिमिल्सिना
कास्की । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीलाई विदेश जानबाट रोक्न दश जोड दुई अध्ययन गर्दा नै सीपमूलक शिक्षा दिन आवश्यक भएको बताएका छन् ।
पोखरा-५ स्थित धर्मस्थली आधारभूत विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले अब व्यावसायिक र रोजगारमूलक शिक्षा नेपालमा आवश्यक देखिएको औँल्याए । सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकले पनि सीपमूलक शिक्षालाई समावेश गर्ने विश्वास उनले दिलाए । शिक्षण पेसा अत्यन्तै महत्त्वपूर्ण भएकाले उनीहरूले जागिर खाने मानसिकता हटाएर भविष्यका कर्णधार उत्पादनमा लागेको छु भन्ने सोचलाई अगाडि बढाउन उनले सुझाव दिए ।
अधिकांश सरकारी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर न्यून भएकाले त्यसलाई सुधार गर्न जरुरी भएको बताउँदै उनले निजीको तुलनामा सरकारी विद्यालयमा अध्ययापन गराउने शिक्षक दक्ष भए पनि विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
जागिर खाने मानसिकता हटाउँदै जिम्मेवारीपूर्णरूपमा आफूले प्राप्त गरेका तालिमलाई प्रयोग गर्दै विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउन पनि उनको सुझाव थियो । शिक्षकप्रतिको आकर्षण घट्दा पनि शिक्षक जागरुक हुन नसकेको उनको भनाइ थियो ।
वर्तमान राजनीतिबारे बोल्दै अध्यक्ष तिमिल्सिनाले आन्दोलनबाट प्राप्त सङ्घीय गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई परिवर्तन गर्न जरुरी भएको बताए । “सुशासन र जनताका कामलाई प्राथामिकतामा राखेर दलहरू अगाडि बढ्नुको विकल्प छैन, सेवा प्रवाहका कामलाई चुस्तदुरुस्त पार्दै जनताका समस्या समाधान गरौँ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण