केन्द्रीय कमिटी घटाउने एकीकृत समाजवादीको विधान संशोधन मस्यौदामाथि १० समूहमा छलफल
काठमाडौँ । पार्टी विधान संशोधनका लागि नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठक काठमाडाैँमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा सो पार्टीको अन्तरिम विधान २०७८ मा जिल्ला तहबाट समेत आएका सुझावसहितको प्रस्तावित संशोधनको मस्यौदा पेश गरिएको छ ।
करिब एक हजार ५ सय प्रतिनिधि सहभागी बैठकमा उक्त प्रस्तावबारे समूहगत छलफल गरेर एकीकृत मस्यौदाका रूपमा परिमार्जन गरिने छ । परिषद् बैठकमा १० समूह बनाएर छलफल हुने पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार सात प्रदेश, विभाग, केन्द्रीय आयोग र जनवर्गीय सङ्गठन गरेर समूहगत रूपमा प्रस्तावित मस्यौदामा छलफल सुरु भएको छ ।
प्रस्तावित मस्यौदामा हालको ३५१ सदस्यीय केन्द्रीय कमिटी घटाएर पदाधिकारीसहित १७५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । जसमा पूर्ण १५९ र वैकल्पिक १६ जना रहनेछन् । त्यसैगरी सो पार्टीको प्रस्तावित मस्यौदामा केन्द्रीय कमिटीको एक तिहाइ महिला सदस्य हुने, केन्द्रीय कमिटीभित्र पदाधिकारीसहित ५७ सदस्यीय स्थायी कमिटी र स्थायी कमिटी सदस्यहरूसहित १९ सदस्यीय पोलिटब्युरो रहने उल्लेख छ ।
एकीकृत समाजवादीले प्रदेश कमिटीको सङ्ख्या पनि घटाउने विधानमा प्रस्ताव गरेको छ । हाल १२५ सदस्यीय प्रदेश कमिटी रहेकोमा संशोधन गरेर अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव चारसहित प्रदेशमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र जति छ त्यसमा १५ जना थप्ने प्रस्ताव गरिएको छ ।
पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा दस्ताबेज मस्यौदा तयार गर्न २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’ गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण