हर्टलीले सात विकेट लिएपछि भारतलाई उसैको मैदानमा हरायो इङ्ल्यान्डले
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार इङ्ल्यान्डले घरेलु टोली भारतलाई २८ रनले हराएको छ । जितका लागि दुई सय ३१ रनको लक्ष्य पछ्याएको भारतीय टोली आफ्नो दोस्रो पालीमा केवल दुई सय दुई रन बनाउँदै अलआउट भयो ।
दोस्रो पालीमा भारतका लागि कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । भारतका अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । भारतले अतिरिक्त रुपमा २० रन पाएको थियो । दोस्रो पालीमा इङ्ल्यान्डका बलर टम हर्टली एक्लैले सात विकेट लिए । उनले २६.२ ओभरमा पाँच मेडनसहित ६२ रन खर्चिएका थिए । जो रुट र ज्याक लिचले पनि एक–एक विकेट हात पारेका थिए ।
भारतको हैदराबादमा सम्पनन पहिलो टेस्टमा टस जिती पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले दुई सय ४६ रन बनाएको थियो । पहिलो पालीमा इङ्गल्यान्डका लागि कप्तान बेन स्टोक्सले ७० रन बनाएका थिए । उनले ८८ बलमा तीन छक्का र ६ चौका हिर्काएका थिए । पहिलो पालीमा भारतीय बलर रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन–तीन विकेट लिए । जसप्रित बुमराह र अक्सर पटेलले पनि दुई–दुई विकेट हात पारे ।
भारतीय टोलीले भने पहिलो पालीमा चार सय ३६ रन बनाएको थियो । भारतका लागि पहिलो पालीमा तीन ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर यशस्वी जैसवालले ८० रन जोडे । उनले ७४ बलमा तीन छक्का र १० चौका हिर्काए ।
केएल राहुलले पनि ८६ रन बनाए । उनले एक सय २३ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । रवीन्द्र जडेजाले पनि ८७ रन जोडे । उनले एक सय ८० बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए ।
इङ्ल्यान्डका बलर जो रुटले चार विकेट लिए । रेहन अहमद र टम हर्टलीले पनि दुई–दुई विकेट हात पारे । ज्याक लिचले एक विकेट लिए । इङ्ल्यान्डको टोलीले पनि दोस्रो पालीमा निखारिएको प्रदर्शन ग¥यो । इङ्ल्यान्डले दोस्रो पालीमा चार सय २० रन बनाएपछि भारतले जितका लागि दुई सय ३१ रनको लक्ष्य पाएको हो ।
दोस्रो पालीमा इङ्ल्यान्डका लागि ओली पपले उत्कृष्ट ब्याटिङ गरे । उनले एक सय ९६ रन बनाए । केवल चार रनका कारण दोहोरो शतक बनाउनबाट चुकेका पपले दुई सय ७८ बलमा २१ चौका हिर्काएका थिए । उनी म्यान अफ दी म्याच घोषित भए । भारतीय बलर जसप्रित बुमराहले चार विकेट लिए । रविचन्द्रन आश्विनले पनि तीन विकेट हात पारे । रवीन्द्र जडेजाले दुई र अक्सर पटेलले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण