अस्ट्रेलियन ओपनको उपाधि चुम्ने सिनर तेस्रो कान्छा खेलाडी
काठमाडौँ । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि इटालियन खेलाडी यानिक सिनरले जितेका छन् । उनले आइतबार मेलबर्नमा खेलिएको पुरुष एकलतर्फको फाइनल खेलमा प्रभावशाली रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई हराउँदै उपाधि चुमेका हुन् ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको प्रारम्भमा २२ वर्षीय सिनरले दुई सेटले पछाडि परेका थिए । पहिलो सेट ३–६ र दोस्रो सेट पनि ३–६ अंकले गुमाएका सिनरले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेका थिए ।
पछिल्ला तीन सेटको नतिजालाई सिनरले क्रमशः ६–४, ६–४, ६–३ ले आफ्नो पक्षमा पारेका थिए । २७ वर्षीय मेदभेदेव तेस्रो र सिनर चौथो वरीयतामा आसिन खेलाडी हुन् । सिनरले पहिलो पटक कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमेका हुन् ।
सन् १९८८ पछि सिनर अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि चुम्ने तेस्रो कान्छा खेलाडी पनि बनेका छन् । सोही वर्षदेखि अस्ट्रेलियन मेलबर्न पार्कमा खेलाउन थालिएको हो । त्यो समययता सबैभन्दा कम उमेरमा अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि जित्ने खेलाडी भने नोभाक जोकोभिच हुन् । यो सूचिमा दोस्रो स्थानमा जिम क्विरियर छन् । जोकोभिचले सन् २००८ र जिमले सन् १९९२ मा उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण