लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिन्छ : उपमहासचिव पुन
बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन ।
उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरुको जानकारी गराएका थिए । पूर्वअर्थमन्त्री पुन र पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करणी पोखरीको अवलोकन गरे ।
भ्रमणपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिने बताए । उनले नयाँ उपाध्यक्षका रुपमा डा. लामाको उपस्थितिले आशा जगाएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनी अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको बताए ।
उनले बुद्धदर्शन शान्ति, मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए । उनले सबै धर्मका बिच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण