लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिन्छ : उपमहासचिव पुन

बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन ।
उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरुको जानकारी गराएका थिए । पूर्वअर्थमन्त्री पुन र पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करणी पोखरीको अवलोकन गरे ।
भ्रमणपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिने बताए । उनले नयाँ उपाध्यक्षका रुपमा डा. लामाको उपस्थितिले आशा जगाएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनी अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको बताए ।
उनले बुद्धदर्शन शान्ति, मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए । उनले सबै धर्मका बिच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा
-
नेताज्यूहरू : नाच्न आएन कि आँगन टेडै हो ?