सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोनको स्टोरेज भरियो, अब के गर्नु हुन्छ ?

सोमबार, १५ माघ २०८०, १४ : ३१
सोमबार, १५ माघ २०८०

काठमाडौँ । फोन दैनिक जीवनमा हाम्रो अभिन्न हिस्सा नै भइसकेको छ । हरेक काममा हामी फोनको प्रयोग गर्छौँ । 

फोनमा फोटो मात्रै हुँदैनन्, अनेकौँ कागजपत्र र जानकारीहरु पनि हुन्छन् । एपहरु भएनन् भने त फोन कसरी चलाउनु ? हरेक दिन फरक फरक कामका लागि हामीले फरक फरक एपहरु डाउनलोड गरिरहेका हुन्छौँ । तर फोनमा एप र फोटोहरु थुप्रिँदै गर्दा छिट्टै स्टोरेज भरिन थाल्छ र फोन स्लो हुन्छ । कति कति बेला त फोन ह्याङ भएर दिक्क नै बनाउँछ ।

यस्तोमा जरुरी कामका लागि समेत फोनमा ठाउँ पाइन्न । तपाईको फोनमा पनि स्टोरेज फूल भएर चलाउनै समस्या भइरहेको छ कि ? आजको यस लेखमा हामीहरु फोनको स्टोरेज बढाउने तरिकाबारे कुराकानी गर्न गइरहेका छौँ । स्टोरेज र मेमोरीबिच भिन्नता छ । स्टोरेजमा गीत र फोटो जस्ता डेटा हुन्छ र मेमोरीमा चाँहि एप र एन्ड्रोइड सिष्टम जस्ता प्रोग्राम चल्छ ।

तपाईँले गुगल फोटोको प्रयोग गर्ने गर्नु भएको छ भने गुगल फोटोमा ब्याक अप राखेर फोन वा ट्याबलेटमा भएका फोटाहरु हटाउन सक्नु हुन्छ । फोनमा इन्टरनेट कनेक्शन आएपछि ब्याकअप गरिएका फोटो चलाउन सकिनेछ । फोटो हटाउँदा फोनमा स्पेस पनि टन्नै बढ्छ ।

फोनमा आवश्यकता परेको बेलामा फिल्म, टिभी शोज र गितहरु डाउनलोड गरेका हुन्छौँ । एक पटक हेरेर त्यतिकै छाडिएका यस्ता फिल्म र टिभी शोजले पनि फोनको धेरै ब्याकअप खाइरहेको हुन्छ । फोन स्टोरेज भयो जस्तो लाग्न थाल्यो भने डाउलोड भएका फिल्म गीत जस्ता मिडिया फाइल डिलिट गर्न सकिन्छ ।

फोनमा चाहिएको समयमा हामीले अनेकौँ एपहरु डाउनलोड गरेर राखेका हुन्छौँ । तर कतिपय एपहरु हामी खासै चलाउँदैनौँ । आफूले नचलाउने एपहरु थुपारेर फोनको स्टोरज खेर नफाल्नुस् । चाहिएको बखतमा एपहरु फेरि डाउनलोड गर्न सकिन्छ । त्यसैले धेरै प्रयोगमा नआउने एपहरु हटाउनु वेश हुन्छ । एपका क्याश र कूकीज क्लियर गरेर पनि फोनमा स्पेस बढाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप