रिलायन्स स्पिनिङको कट अफ मूल्य ९१२ कायम, सर्वसाधारण लगानीकर्ताले कतिमा भर्न पाउँछन् आईपीओ ?
काठमाडौँ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको छ । योग्य संस्थागत लगानीकर्ताहरुले पेस गरेको बोलपत्रको आधारमा सोमबार तय गरिएको मूल्यमा उक्त रेट कायम भएको हो ।
यद्यपि, आधिकारिक रुपमा नै कम्पनीको प्रिमियम कट अफ मूल्य कायम भइनसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । कम्पनीको प्रिमियम मूल्य बोलकबोलमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए ।
जसमध्ये अधिकांश लगानीकर्ताले बिक्री मूल्य सीमाको अधिकतम विन्दु अर्थात प्रतिकित्ता ९१२ रुपैयाँका दरले बोलकबोल गरेका कारण सोही मूल्य नै ‘कट अफ मूल्य’ कायम हुने देखिएको हो ।
रिलायन्सको बोलकबोलका लागि प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम गरिएको थियो । संस्थागत लगानीकर्ताले पेस गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशतले घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसआधारमा, अब रिलायन्सको आइपीओ सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा जारी हुनेछ । बुक विल्डिङ विधिबाट जारी हुने आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । तसर्थ, सर्वसाधारणले रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदन दिन न्यूनतम ४१ हजार ४० रुपैयाँ छुट्याउनुपर्ने देखिएको छ ।
रिलायन्स स्पिनिङले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण