एकै दिन मन्त्री लामाद्वारा ३ योजना शिलान्यास
काभ्रे । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइमन्त्री तिर्थ लामाले शिक्षा स्वास्थ्य क्षेत्रमा विभेद कायमै रहेको बताएका छन् । काभ्रेको तेमाल गाउँपालिका ६ मा रहेको पञ्चकन्या मावि प्राङ्गणमा आयोजित ठूलो पँधेरो ढुङ्गेधारा खानेपानी आयोजना शिलान्यास गर्दै मन्त्री लामाले शिक्षा स्वस्थ्य क्षेत्रमा रहेको विभेद अन्त्य गर्न जरुरी रहेको बताए ।
मन्त्री लामाले प्रजातन्त्रमा समान अवसरको पहुँच आम नागरिकमा हुनुपर्ने भन्दै तेमालको समग्र विकासका लागि आफु अहोरात्र खटिरहेको बताए । विकट गाउँमा व्याप्त अशिक्षा, वेरोजगारीलाई निर्मुल बनाउने दायित्वबोध महशुस गरेको उनको भनाई छ । तेमालमा चालू आर्थिक वर्षमा मात्रै ७ वटा खानेपानी र २ वटा सिचाईको आयोजना कार्यान्वयन लागि अघि बढाइएको उनले बताए । ठूलो पँधेरो ढुङ्गेधारा आयोजनाका लागि २० लाख रुपैया बजेट छुट्याइएको र अपुग रकमका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उक्त कर्यक्रममा कान्छिमाया तामाङ फाउण्डेसनबार सो वडाका ६ वटा विद्यालयका विद्यार्थीहरुलाई पोशाक, स्टेशनरी सामाग्री हस्तान्तरण समेत गरिएको थियो । विभिन्न संघसंस्थाको सहयोगमा सो वडाको ६ विद्यालयमा अध्ययनरत ३५० बालबालिकालाई ट्रयाक सुट, स्वेटर, कापी, कलम, सिसाकलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
वडामा रहेको पञ्चकन्या माध्यमिक विद्यालय, महांकाल आधारभूत विद्यालय, बुद्ध कोल्तोङ प्राथमिक विद्यालय, निर्मला प्राथमिक विद्यालय, सुनकन्या प्राथमिक विद्यालय र कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको लागि ट्रयाक सुट, स्वेटर, आधा दर्जन कापी, १र१ दर्जन कलम, सिसाकलम वितरण गरिएको हो ।
सोही क्रममा मन्त्री लामाले तेमाल–५ पोखरी नारायणस्थानमा छोइतेन नाम्सुम छोइलिङ गुम्बाको शिलान्यास पनि गरेका छन् । धार्मिक पर्यटकिय क्षेत्र नारायणस्थानको विकास र आमनागरिकको सर्वाङ्गीण बिकासमा आफ्नो ध्यान सदैव रहिरहने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री लामाले २५ लाख रुपैयाँ बजेट खर्चर गर्ने गरि उक्त गुम्बा निर्माणको शिलान्यास गरेका हुन् ।
त्यसैगरि मन्त्री लामाले सिंगटी लिप्ट खनेपानी आयोजनाको समेत मन्त्री लामाले शिलान्यास गरेका छन् । खानेपानीको समस्या भोगिरहेका तेमालबासीहरुलाई थप राहत दिने उद्देश्यले एक घर एक धारा अन्तर्गत उक्त लिफ्टीङको शिलान्यास गरिएको हो । ५० लाख बजेट बिनियोजन गरिएकोमा उक्त लिफ्टिङ आयोजना आगामी जेष्ठ भित्र सम्पन्न गरिसक्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण