स्वदेश र विदेशमा एकसाथ रिलिज हुँदै दयाहाङ र उपासनाको ‘हात्तीछाप’
काठमाडौँ । ‘हात्तीछाप’ माघको २६ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म स्वदेश र विदेशमा एकसाथ रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्टले सोही दिनबाट नै फिल्म विदेशमा पनि लाग्ने जानकारी दिएको हो ।
वितरक एमएसएम इन्टरटेन्मेन्टले फिल्मलाई अस्ट्रेलियामा रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्नेछ । मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने भएको निर्माता किरण नेपालीले जानकारी दिए । दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्नेछ ।
सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्मले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।
किरण नेपालीको प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण