स्वदेश र विदेशमा एकसाथ रिलिज हुँदै दयाहाङ र उपासनाको ‘हात्तीछाप’

काठमाडौँ । ‘हात्तीछाप’ माघको २६ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म स्वदेश र विदेशमा एकसाथ रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्टले सोही दिनबाट नै फिल्म विदेशमा पनि लाग्ने जानकारी दिएको हो ।
वितरक एमएसएम इन्टरटेन्मेन्टले फिल्मलाई अस्ट्रेलियामा रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्नेछ । मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने भएको निर्माता किरण नेपालीले जानकारी दिए । दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्नेछ ।
सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्मले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।
किरण नेपालीको प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे वर्षमानको प्रस्टीकरण : लेनदेन गरेको छैन, गलेको पनि छैन
-
गण्डकी प्रदेश : ८ वर्षमा ८ वटा बजेट, बढ्नुपर्ने आकार बर्सेनि घट्दो