बैंकिङ प्रणालीबाट बुधबार थप ३० अर्ब तरलता तान्दै केन्द्रीय बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तरलता प्रशोधन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले मंगलबार निक्षेप सङ्कलन उपकरणमार्फत २० अर्ब रुपैयाँ तरलता तानेको थियो । थप बुधबार बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।
७ दिनका लागि निक्षेप लिन लागेको बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ । पछिल्लो समय बैंकहरुको निक्षेप तीब्र बढेको तर सो अनुसार कर्जा माग नबढेपछि बैंकहरुसँग तरलता (लगानी योग्य रकम) थुप्रिन पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार माघ १४ गतेसम्ममा बैंकहरुको निक्षेपको आकार बढेर ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा जम्मा ५० खर्ब ८१ अर्ब रुपैयाँ मात्र हुन सकेको छ ।
माघ १५ सम्ममा ८०.४८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ६ खर्ब माथि तरलता रहेको छ । यसले पनि केन्द्रीय बैंक माथि निक्षेप सङ्कलन उपकरण वा रिभर्स रिपो मार्फत बैंकिङ प्रणालीबाट तरलता तान्नुपर्ने दबाब परेको हो ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुदा रिभर्स रिपोमार्फत पुनः तरलता प्रशोधन गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण