सेवाग्राहीलाई घर बनाउन सिकाउने लक्ष्यसहित ‘शिवम् सन्देश’
काठमाडौँ । शिवम् सिमेन्टले आफ्ना सेवाग्राहीलाई घर बनाउन सिकाउने योजनासहित ‘शिवम् सन्देश’ ल्याएको छ । कम्पनीले आफ्ना सेवाग्राहीलाई घर बनाउने तरिका, जग्गा छनौट, ठेकेदार छनौट, वास्तु, निर्माणको योजना र लागतबारे जानकारी दिने लक्ष्यसहित यो योजना ल्याएको हो ।
धेरै सर्वसाधारणलाई घर बनाउने सही मापदण्डबारे दुबिधा हुने गरेको पाइएपछि यसबारे जानकारी दिने लक्ष्यसहित ‘शिवम् सन्देश’ ल्याएको कम्पनीका उपाध्यक्ष निखिल अग्रवाल बताउँछन् । शिवम्ले ल्याएको सन्देशमा घर बनाउन छान्नुपर्ने जग्गाको आकार र प्रकार लगायत कस्तो जग्गा छान्नुपर्ने भन्ने जानकारी छ ।
‘घर बनाउन चाहिने जग्गा कत्तिको भिरालो हुनुपर्ने, नजिकै विद्यालय, अस्पताल लगायत चाहिन्छ भन्नेबारे जानकारी दिन्छौँ,’ अग्रवालले भने, ‘यस्तै, सुरुवात चरणदेखि फिनिसिङसम्म लाग्ने बजेटबारे समेत जानकारी दिइन्छ ।’ घरको जग हाल्दादेखि पहिलो तल्ला र दोस्रो तथा तेस्रो तल्ला र ‘फिनिसिङ’ सक्दा कुन चरणमा कति रकम लाग्छ भन्नेबारे जानकारी शिवम् सन्देशमा हुनेछ ।
शिवम् सिमेन्टले प्रत्येक सोमबार भिडियो सार्वजनिक गर्दै घर बनाउन चाहिने सबै विषयको जानकारी दिने योजना कम्पनीको छ । र, यो योजना ५२ औँ हप्तासम्म चल्ने अग्रवालको भनाई छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई सही सूचना र सन्देश दिने लक्ष्यसहित यो योजना अघि सारेको र सिमेन्ट मात्रै नबेचेर ‘भ्यालू’ समेत बेच्ने योजना रहेको उनले बताए ।
‘हामीले सुरुमा ४३ र ५३ ग्रेडको सिमेन्ट भनेर ग्रेडिङ गर्न सुरु गरेका थियौँ,’ अग्रवालले रातोपाटीसँग भने, ‘अहिले सबै कम्पनीले ग्रेडिङ गरेर सिमेन्ट बिक्री गर्छन् । यसबाट उपभोक्ताले कुन सिमेन्ट किनेको भन्नेबारे स्पष्ट जानकारी हुन्छ ।’ त्यसैगरी, जनचेतनामूलक भिडियोमार्फत उपभोक्तालाई घर बनाउने सम्पूर्ण जानकारी दिन लागेको कम्पनीको भनाई छ । यसअघि, कम्पनीले सिकर्मी र डकर्मीलाई सिमेन्टको भण्डारण, प्रयोग, मिश्रण र स्टोरेजबारे तालिम दिएको थियो ।
यसबाट राम्रो ‘रिभ्यू’ आएपछि सर्वसाधारणलाई घर बनाउँदा अपनाउनुपर्ने उपायको विषयमा जानकारी दिन थालेको कम्पनीले बताएको छ । ‘सिमेन्ट भनेको नुन जस्तै हो । यसलाई वा थोरै प्रयोग गरेर हुँदैन,’ अग्रवालले थपे, ‘शिवम् सिमेन्टले सधैँ सेवाग्राहीलाई माया गर्न चाहन्छ । उहाँहरूले पनि हामीलाई माया गरेकाले सर्वाधिक लोकप्रिय ब्राण्ड छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण