आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मोबाइल फोनको मूल्य सस्तियो

बुधबार, १७ माघ २०८०, १३ : ५६
बुधबार, १७ माघ २०८०

नयाँ दिल्ली । भारतमा मोबाइल फोन सस्तो हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा दुई दिन अगाडि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मोबाइल कम्पोनेन्टमा लाग्ने आयात महसुल ५ प्रतिशतले घटाएको छ । सरकारको यो फैसलापछि भारतमा बन्ने मोबाइल फोनको पार्ट्स मगाउँदा लाग्ने खर्च घट्नेछ । यसको फाइदा सिधै उपभोक्तहरुलाई हुनेछ ।

अर्थ मन्त्रालयले जारी गरेको सूचनाका अनुसार मोबाइल उपकरणमा लाग्दै आएको आयात शुल्क १५ प्रतिशतबाट घटेर १० प्रतिशतमा झारिएको छ । भारतमा बन्ने अधिकांश फोनको कम्पोनेन्ट आयात हुन्छ । यसरी आयात गरिएका कम्पोनेन्टमा सरकारले आयात शुल्क लगाएको छ । 

जसका कारण यसको भाउ बढ्छन् । आयात शुल्क कम भएपछि अब मोबाइल फोनको मूल्य घट्ने अनुमान गरिएको छ । भारतमा भोली अर्थात् फेब्रुअरी १ मा आगामी आर्थिक वर्षको बजेट पेस हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप