बाँसबारी जग्गा प्रकरणमा नातेदार पक्रेपछि राष्ट्रपतिका सल्लाहकार सीआईबीमा
काठमाडौँ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा आफ्ना नातेदार समेत पक्राउ परेपछि उनी लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका हुन् ।
बिहीबार अपराह्न सीआईबी पुगेका थापाले सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग भेट गरेका छन् । बिहीबार नै पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायण सिंह थापा उनको नातेदार हुन् ।
कांग्रेस नेता तथा पूर्वमन्त्री सुनिल थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् l अजितनारायण भने सूर्यबहादुरका भाइ हुन् ।
सोही प्रकरणमा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र चाँदबाग रेसिडेन्सी प्रालिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने
-
‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज
-
कतारमा नयाँ युद्धविराम वार्ता, हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
-
संविधान कार्यान्वयन गर्न पार्टीहरु इमान्दार हुनुपर्छ : कृष्णगोपाल श्रेष्ठ
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची