रातारात भाग्ने जसरी अरुण चौधरीलाई पक्राउ गरियो, लगानीको वातावरण बिग्रन्छ : अग्रवाल
बिहीबार, १८ माघ २०८०, १८ : ३५
१
काठमाडौँ । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले परिसंघले प्रक्रियाको विषय उठाइरहेको बताएका छन् । आज आकस्मिकरुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका हुन् ।
व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोअनुसार पक्राउ गर्नुपर्ने उनको भनाई छ । देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नुनै गलत भएको उनको भनाई छ ।
‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योग धन्दा कसरी चल्छ,’ उनले थपे, ‘यो प्रक्रिया नै गलत भयो । यसलाई तत्काल रोक्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण