शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रातारात भाग्ने जसरी अरुण चौधरीलाई पक्राउ गरियो, लगानीको वातावरण बिग्रन्छ : अग्रवाल

बिहीबार, १८ माघ २०८०, १८ : ३५
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले परिसंघले प्रक्रियाको विषय उठाइरहेको बताएका छन् । आज आकस्मिकरुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका हुन् ।

व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोअनुसार पक्राउ गर्नुपर्ने उनको भनाई छ । देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नुनै गलत भएको उनको भनाई छ ।

‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योग धन्दा कसरी चल्छ,’ उनले थपे, ‘यो प्रक्रिया नै गलत भयो । यसलाई तत्काल रोक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप