गण्डकीलाई पाँच वर्षमा आत्मनिर्भर बनाउँछौँ : मुख्यमन्त्री पाण्डे
वालिङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताएका छन् । स्याङ्जाको वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौँ वालिङ महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै एक क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए ।
“गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा सके दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “जहाँसम्म हाम्रो लक्ष्य पूरा भएरै छाड्छ । सबै भएन भने पनि कुनै एउटामा आत्मनिर्भर हुन्छौँ ।” प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाएकाले निर्धारित लक्ष्य प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डेले युवाको बसाइँसराइँ दर घटाउने र प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमा आत्भनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिए । “युवा विदेशिने क्रम विश्वका हरेक देशमा छन् । यो क्रम जहाँतही चलिरहन्छ”, उनले भने, “यो शून्यमा झर्दैन तर यसका सन्दर्भमा युवालाई स्वदेशमै दक्ष बनाएर आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याएर कम गर्न सकिन्छ ।”
गण्डकी प्रदेशले ११ वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजना अगाडि बढाइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवले यहाँका स्थानीय उत्पादनको प्रचारप्रसार, प्रवद्र्धन तथा बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
नेकपा एमालेका नेता महेश बस्नेत, गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, लेखा समितिका सभापति सुधीरकुमार पौडेललगायतले महोत्सवले समग्र जिल्लाको कृषि, हस्तकला, सांस्कृतिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आर्थिक विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
आजदेखि सुरु भएको महोत्सव यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करिब दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण