नेसपाको प्रस्तावित मस्यौदा विधान : दुई अध्यक्ष रहने, केन्द्रीय समिति कति ?
काठमाडौँ । नेपाल समाजवादी पार्टीको प्रस्तावित मस्यौदा विधानमा दुई अध्यक्षको व्यवस्था गरिएको छ । वकिल कृष्ण शर्मा नेतृत्वको समितिले तयार गरेको मस्यौदामा दुई अध्यक्षात्मक व्यवस्थालाई कायमै राखेको हो । यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा बाबुराम भट्टराई सङ्घीय परिषद् अध्यक्ष थिए ।
यादव कार्यकारिणी अध्यक्ष थिए । जसपाबाट अलग भएपछि भट्टराईको नेतृत्वमा नेसपा गठन भएको थियो । अर्का अध्यक्षलाई दोस्रो अध्यक्ष बनाइएको थियो । प्रस्तावित मस्यौदामा केन्द्रीय समिति कति सदस्य बनाउने भन्नेमा विवाद रहेको महासचिव रमेशप्रसाद यादवले जानकारी दिएका छन् । ‘मस्यौदा कार्यदलले बुझाएको मस्यौदा दुईवटा प्रस्ताव आएका छन् । एउटा ३०१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव आएको छ । अर्को १५१ सदस्यीय समितिको प्रस्ताव आएको छ । यसबारे शुक्रवार बस्ने बैठकमा छलफल हुन्छ’, यादवले जानकारी दिए ।
नेतृत्व छनोट प्रक्रिया महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति गठन गर्ने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने मोडेलमा रहेको यादवले बताए । पुसको पहिलो हप्ता सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी र महासचिव यादवले मस्यौदालाई अन्तिम रूप दिएका थिए ।
केन्द्रीय कार्यकारिणी बैठकले मस्यौदा परिमार्जनसहित पारित गरेपछि शनिवार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्नेछ । अहिले नेसपाको ९ सदस्यीय पदाधिकारी, २५ सदस्यीय केन्द्रीय कार्यकारिणी र १८९ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
माओवादी केन्द्रसँग एकता गर्न लागेको नेसपाले त्यसअघि वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । यसअघि मङ्सिर ६ गते बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि वकिलद्वय शर्मा र हरिन्द्र यादव रहेको दुई सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । मस्यौदामाथि सल्लाह र सुझावका लागि दुई महिना तल्लो समितिमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण