पोप फ्रान्सिसले रक्सीलाई ‘ईश्वरको उपहार’ भनेपछि...
क्याथोलिक चर्चका वर्तमान प्रमुख, रोमका बिशप अनि भेटिकन सिटीका पोप फ्रान्सिसको ताजा अभिव्यक्ति अहिले निकै चर्चामा छ । पोप फ्रान्सिसले रक्सीलाई ‘ईश्वरको उपहार’ भनेका छन् ।
८७ वर्षीय पोपले रक्सीलाई ईश्वरको तर्फबाट एक उपहार भएको अनि मान्छेले यसलाई खुसीको साँचो स्रोत मान्ने भएकोले भगवानले हामीलाई रक्सी उपहार दिएको उनको भनाई छ । उनले अझै अगाडि जिस्किएर भनेका थिए, ‘तपाईँहरूलाई मेरो कुरा सुन्दा नसामा लठ्ठ पोपले बोलेको जस्तो लाग्ला । तर इटलीका रक्सी निर्माताहरुले भेटिकनमा आफूसँगको एउटा निजी बैठकमा युरोपेली स्वास्थ्य चेतावनी विरुद्धको लडाइँमा मेरो बयानको तारिफ गरेका थिए ।’
‘रक्सी, जमिन, खेती किसानीसम्बन्धी सिप र उद्यमशीलता भगवानको उपहार हुन् । यी सबै हामीलाई सुम्पिनुको कारण संवेदनशीलता र इमानदारीको साथ हामी यी सबैलाई खुसीको वास्तविक स्रोत बनाउँछ भनेर हो’ पोपले भनेका छन् । उनले स्वास्थ्यमा असर नपर्ने गरी रक्सी सेवनको बानी विकास गर्न प्रेरित गरेका थिए । यस अघि पोपले सन् २०१६ मा रक्सी वैवाहिक समारोहको महत्त्वपूर्ण हिस्सा भएको बताएका थिए । त्यतिबेला उनले बिहेको पार्टीमा रक्सी नहुँदा नवविवाहित जोडीलाई लाज लाग्ने अनि चिया पिउँदै बिहेको पार्टी सक्काउँदा कस्तो लाग्छ होला कल्पना गर्नुस् त पनि भनेका थिए ।
यौन सुखलाई पनि ईश्वरको उपहार भनेका थिए
केही दिन अघि पोपले यौन सुखलाई पनि ईश्वरको उपहार बताएका थिए । ‘यौन आनन्द लिनु र प्रेमको रक्षा गर्नु तपाईँहरूको कर्तव्य हो, किनकि यो बिना जीवन दुःखद र एक्लोपनाले भरपुर हुनेछ ।’ पोपले भेटिकन सिटीका जनताहरूलाई भनेका थिए । इसाई धर्ममा ‘सेक्सुअल इन्स्टिङ्क्ट’को निन्दा नगरिने पनि उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण